राजेन्द्र बानियाँ

कहिल्यै नफर्किने गरि
छोराको सपना प्रदेशमा अटाएपछि
बा भोकै बसेका हुन्
देउरालिले बारम्बार सम्झाई रहदा
ननिदाएका
के तिम्रा पनि बा नै हुन्
उडिरहेका चरिले सन्देश ल्याउछन्
तिमिले चाल्न सिकाएका पाईलाहरु
अँध्यारो गल्छिमा डुलिरहेका छन्
ती पुराना सम्झनाका गल्छिहरु
फर्कन नसक्ने गरि अस्ताएका छन्
तिमिले जन्माएका कोषिकाहरु
चन्द्रमाले चाहेर पनि
फर्काउन सक्दैन
मैदानले जानेर पनि
निम्छरा देखाउन सक्दैन
विर्यको एकलापमा डुबिरह्यो
जन्मको उपनिवेश
संसदको मण्डपमा जलिरहे रहरहरु
रुत्वाले दिन नसकेको नियमितता
पञ्चममा खेदिरह्यो बटुवा
वृक्षले मृत्युको खबर बोकि
डाकि रहन्छ मनभरि
सिरगको प्रचण्ड सहि
रुचाइएका सिगानका गाठाहरु
पर्खिरहे बर्षौ बर्ष
दलिनमा उज्यालो छाउछ कि ठानेर
देउता पुजि रहन्छ एदुनमा विरे माईलो
मन फर्किएला कि भनेर
दुखका कनिका समेटि
बाले रोटि बेलि रहनु भयो
रगतमा नियतिले हतगढि लगाएपछि
ढलेको विरासत
पाण्डुलिपिमा दुख भरिएपछि
लेखिएको हो  इतिहास
बोली नफुटेको बालकले सिकाएको हो
बाबुको हात समाउदै मानवताका कुरा
प्रदेशिले प्रदेश पुगेपछि सम्झेको छ देश
सागरमा पौडिन कै लागि हुनुपर्छ
मान्साले जन्म लिएको
सिला लिएर पिँडालु खुवाउनु अघि
बाबाले छोरो प्रदेश पठाउनु अघि
सम्झेका थिए कि थिएनन् देश
बञ्जरमा जोत्दै गर्दा रहरहरु
सम्झेका थिए कि थिएनन् देश ।
बुढिगंगा न.पा.-०८
बाजुरा