साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः भगवान्

Chovar Blues Mobile Size

कोहीकोही यस्तै हुन्छन्
“मैले पाइनँ” भन्ने गुनासो कहिल्यै गर्दैनन्
कसैले दिएन/गरिदिएन भनेर चित्त पनि दुःखाउँदैनन्
उनीहरू आफ्ना लागि आफैँ गर्न सक्छन् ।

उनीहरूलाई थाह छ-
दिएर सकिने भए
हामीले कहाँ देख्न पाउथ्यौँ र सूर्यको उज्यालो ?
दिएरै सकिने भए यो धर्ती उहिल्यै खण्डहर भइसक्थ्यो ।

उनीहरू त दिएरै मात्र पनि
खुसीले भरिन सक्छन्
उनीहरू त अरूको खुसी देखेर मात्र पनि
आफूभित्र आनन्द बाल्न सक्छन् ।

साँच्चै, कोहीकोही यस्तै हुन्छन्
जो आफूभित्र भगवान् पालेर बसेका हुन्छन् ।

केराबारी, मोरङ

प्रतिक्रिया
Loading...