आशा,
जसको आडमा छ जीवन
आवश्यकता विहीन पूरक बन्दै
थपिन्छन् नैराश्यताहरू
कहिले,
रहरको मृत्युमा रुन्छ्न्
कहिले,
सपनाको बेहोसीमा रुन्छन्
कहिले,
जीवनको उदासीमा रुन्छ्न्
अर्कोतिर मुस्कान छ
जसले दबाउँछ नैराश्यताहरू
भावभङ्गी गर्भभित्र
जसले पहिल्याउँछ सम्भावनाहरू
आशाका तरेलीहरू माझ
जसले अड्काइदिन्छ आँसुका धाराहरू
सबै सबै रमाउँछन् मभित्र
तर म रमाउँदिन
सबै सबै नाच्दछन् मभित्र
तर म नाच्दिनँ
अनुत्तरित छन् कतिपय प्रश्नहरू
तर म जान्दिनँ,
सदाबहार दगल्चो छ जीवन
किन, कहिले र कसरी
यसैको जवाफ जान्नु छ
त्यसैले घोत्लँदै छु,
खोज्दै छु आफैंभित्र
जगत् पिता श्री शिवलाई
सायद उनैले बुझाइदेलान्
नैराश्यता भित्रको जीवनलाई
शून्य भित्रको आकारलाई
पीडा भित्रको आनन्दलाई
र अन्तिममा,
मृत्यु भित्रको जीवनलाई
र अन्तिममा,
जीवन भित्रको सिर्जनलाई ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला