कहिल्यै नफर्किने गरी
छोराको सपना प्रदेशमा अटाएपछि
बा भोकै बसेका हुन्
देउरालीले बारम्बार सम्झाइरहँदा
ननिदाएका
के तिम्रा पनि बा नै हुन् ?
उडिरहेका चरीले सन्देश ल्याउँछन्
तिमीले चाल्न सिकाएका पाइलाहरु
अँध्यारो गल्छीमा डुलिरहेका छन्
ती पुराना सम्झनाका गल्छीहरु
फर्कन नसक्ने गरी अस्ताएका छन्
तिमीले जन्माएका कोषिकाहरु
चन्द्रमाले चाहेर पनि
फर्काउन सक्दैन
मैदानले जानेर पनि
निम्छरा देखाउन सक्दैन
वीर्यको एकलापमा डुबिरह्यो
जन्मको उपनिवेश
संसदको मण्डपमा जलिरहे रहरहरु
रुत्वाले दिन नसकेको नियमितता
पञ्चममा खेदिरह्यो बटुवा
वृक्षले मृत्युको खबर बोकी
डाकिरहन्छ मनभरि
सिरगको प्रचण्ड सही
रुचाइएका सिँगानका गाँठाहरु
पर्खिरहे वर्षौंवर्ष
दलिनमा उज्यालो छाउँछ कि ठानेर
देउता पुजिरहन्छ एदुनमा वीरे माइलो
मन फर्किएला कि भनेर
दुःखका कनिका समेटी
बाले रोटी बेलिरहनु भयो
रगतमा नियतिले हतकडी लगाएपछि
ढलेको विरासत
पाण्डुलिपिमा दुःख भरिएपछि
लेखिएको हो इतिहास
बोली नफुटेको बालकले सिकाएको हो
बाबुको हात समाउँदै मानवताका कुरा
परदेशीले परदेश पुगेपछि सम्झेको छ देश
सागरमा पौडिनकै लागि हुनुपर्छ
मान्साले जन्म लिएको
सिला लिएर पिँडालु खुवाउनुअघि
बाबाले छोरो प्रदेश पठाउनुअघि
सम्झेका थिए कि थिएनन् देश
बञ्जरमा जोत्दै गर्दा रहरहरु
सम्झेका थिए कि थिएनन् देश ।
राजेन्द्र बानियाँ
बुढिगंगा न.पा.-०८
बाजुरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।