सरस्वती तिम्रो वीणाको बन्न पाउॅ तार
वरदान देऊ माता हामीलाई बारवार
…………….
हंसवाहिनी जगन्माता तिम्रै लिन्छु सार
माता भारती देवी देऊ वरदान बारबार ।।
…………….
भक्तिले मेरो शिर झुक्यो चरणमा
ज्ञान बुद्धि विधा देऊ परे शरणमा ।।
………………
सरस्वती तिम्रो विणाको बन्न पाउँ तार
वरदान देऊ माता हामीलाई बारबार
……………….
हे शारदे सद्गगुण र वैभवकी दाता
चैवकुमारी देवी तिमी हौ हाम्री माता।।
……………..
विद्यादायिनी देवी तिमी डुल संसार
बसिदेऊ वाणीभित्र तिमी सधैंभर ।।
………………..
सरस्वती तिम्रो वीणाको बन्न पाउँ तार
वरदान देऊ शारदा हामीलाई बारबार ।।
…………………
वाणी तिम्रो सु-मधुर वैभवकी खानी
ज्ञान देऊ जगदम्बा अज्ञानी छौँ हामी ।।
…………………
भुवनेश्वरी, बुद्धिदात्री तिम्रै पर्छौं भर
ज्ञान देऊ है माता हामीलाई बारबार।।
………………..
सरस्वती तिम्रो वीणाको बन्न पाऊँ तार
वरदान देऊ माता हामीलाई बारबार ।।
गीता बजगाईं अधिकारी
गोर्खा, नेपाल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।