सुरेश जोशी

आत्मनिर्भर महिलामाथि कमै अत्याचार

जो छन् आश्रित तिनी पिडित गरौँ है विचार ।
समाजमा विभेद गर्ने अर्थ रैछ ठूलो
समृद्धिले शान्ति ल्याउँछ बुझी राखौँ कुरो ।
धेरै भए अधिकारका कुरा मात्रै ठूला
स्वावलम्बी बनाउन केही छैनन् कुरा ।
हातमा सिप गोजी दाम छ कस्ले सक्छ हेप्न,
प्रगतिको पथमा हिँडे कस्ले सक्छ रोक्न ।
पैसा माग्नु हेपिनु हो यही सत्य जान्नु
इलम गरी खाने जो छ उसैलाई हो मान्नु ।
सानातिना सिप सिकाऊ आत्मनिर्भर बनाऊ
सानो तिनो गर्जो टार्न टाउको मात्रै नकन्याऊ ।
माग्ने मान्छे हेपिने नै समाजको रीत
माग्ने मात्र बानी हुँदा बड्या छैन प्रित ।
तालिम लेऊँ, सिप सिकौँ स्कुलमा पढौँ
आफू सक्षम बनेपछि अधिकारलाई लडौँ ।
जहिले जहाँ गरिरहने अधिकारका कुरा
यसले मात्र गराउँदैन सशक्तीकरण पूरा ।
सिपले पार्छ आत्मनिर्भर यही नै हो चुरो
धन कमाउने सिप बाढौँ अनि बन्छ कुरो ।