काँडाहरू कहिलै
गर्दैनन् नरम हुनुकाे अभिनय,
लुकाउदैनन् आफ्नाे पहिचान,
ओड्दैनन् सुन्दरताकाे खाेल,
स्वअस्तित्व र स्वाभिमान बिर्सिएर
भत्काउँदैनन् परम्पराको प्रखाल,
अनि आफू हुनुमा कहिलै गर्दैनन् गुनासो,
यिनीहरूले कहिलै जानेनन्
स्वार्थका नाउँमा आफ्नाे धर्म छाड्न,
मर्यादाकाे सिमा मिच्न,
अहमताकाे आकाशमा फैलन,
अनि कहिलै जानेनन्
छलकपटकाे जुवा खेल्न,
घोच्नु,कोतार्नु,चिथार्नु
उनिहरूको पहिचान हो ,
जीवन हो ,नाङ्गो सत्य हो र अस्तित्व हो।
युगाैं भइसक्यो बाँच्नुको नाउँमा
तिरस्कार सहेकाे,
तर पनि
आजसम्म बनावटको बुँख्याचा ओडेर कसैलाई
दिएका छैनन् धाेका
सोच त!
यदि काँडाहरूले मानिसले जस्तै
मर्यादा बिर्सिएको भए ,
आफू हुनुको अस्तित्व भुलेकाे भए,
आफ्नाे धर्म छाडेको भए,
स्वार्थको सुमुन्द्र बाेकेर
दमन ,शोषण र अत्याचार गरेको भए,
के हुन्थ्यो हाेला फूलहरूको जिन्दगी ?
तर,
काँडाहरूले
आफ्नो स्वाधीनताको बाँध नाघेर ,
आफ्नो इमानदारीता भुलेर,
कहिलै फूलहरूलाई
लुट्ने ,चिथार्ने कु-हर्कत गरेनन्
बरु आफ्नो अधिनमा रहेर
सधै सुरक्षा गरिरहे ,
साँच्चै !
काँडाहरू तिरस्कार बाँचेका छन्,
कुरुपता बाँचेका छन्,
उपेक्षा बाँचेका छन्,
वास्तवमा काँडाहरू यथार्थ बाचेका छ्न्,
त्यसैले त
मलाइ सधै बेहिसाब प्रिय लाग्छ्न् यी काँडाहरू ।
हाल- साउथ कोरिया
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला