हजारौं दफा हरेकका
मन्जिल मन्जिलमा पुगेको
श्रमिक आज आएर
अछुतो रे,अधुरो रे,अपुरो रे
अझै भनौ प्रेमको अघोरि रे
हो ऊ श्रमिक हो
तपाईले सोचेका हरेक कदम कदमा छ
हरेको श्वास बनेको श्रमिक
बाच्ने आधार बनेको श्रमिक
वास्तवमा देहदाता,विधाता
हुनुपर्ने होइन र ।
श्रमको रगत र पसिनामा चुर्लुम्म डुबिरहदा
पनि ससम्मान बाच्न पाएको खोइ
खोइ मानवता ! खोइ समानता !
तपाईं कुरा गर्नु हुन्छ
श्रमको मूल्य कति हो भनेर
यहाँ भाजक र भाज्य कता छन् कता
मात्र फितरथमा शेष रहे पनि
रहन दिदैनन् आफुलाई अनुयायी ठान्नेहरुले
मानिसले देउता बनाएका हुन कि
देउताले मानिस बुझ्न जरुरी छ
किस्ताकिस्तामा सुस्तासुस्तामा
उता देशको सिमा मिचिदा यता श्रमिक थिचिदा
दुख्छ कि दुख्दैन महोदय
मलाई जवाफ चाहियो
एक शब्दमा
मात्र ह या ना मा
धनको अखिलीस ओढेर ओढाडमा
सुन,हिरामोति खाई अगेनोको बिस्तरामा
सुते हुन्छ अब
श्रम श्रम रहेन यहाँ ,श्रमीक श्रमीक रहेन यहाँ
तपाईं कुरा गर्नु हुन्छ
श्रमको मूल्य कति हो भनेर
हलि हलि नरहे भने
महोदय
तिम्रो महलको सुख सयल
शुन्य शुन्य लाग्छ कि लाग्दैन
आफैलाई सोधि हेर
पानीसम्म नपाई पसिना पिइ
सुन बोकेका हुन,नुन बोकेका हुन
तिम्रा लागि
बाच्न भन्दा बचाउन चारैधाम
धाएका हुन
आज पर्दा र मर्दा मलामि सम्म पाएनन्
खेद लागेर आउँछ आफैलाई सम्झिदा
मान्छे मान्छेभित्रको मानवता देखेर
श्रमीकले आफ्नै घाँटी रेटि
तिम्रा लागि सुख सयल तिमिलाई बुझाएका हुन
कसैलाई बिझाउन होइन यत्ति बुझिदिनुहोस्
आज पनि मेरो प्रेम र श्रम पटक्कै फित्रिमा छैनन्
मनको चौखोटमा सपना नपुग्दै घाटिरेटि स्वर्गको
आभास गराएका काले,कृष्णे,गोपाले आज सडकमा
लछारि परेका छन्
एक पटक हालखबर सोध्नसम्म भ्याएनौ
तपाईं कुरा गर्नु हुन्छ
श्रमको मूल्य कति हो भनेर
बरु उल्टै चिथारेर गयौ
कहाँ गएको थियोे त्यहाँ मानवता
तपाई मानवताका ठुलाठुला कुरा गर्नुहुन्छ
अहँ तपाईंलाई फिटिक्कै सुहाएन
तपाईं कुरा गर्नु हुन्छ
श्रमको मूल्य कति हो भनेर
श्रमिकका पसिना बेचेर,श्रमिकका सपना बेचेर
महान बन्छौ भने तिमी महान कहिल्यै बन्न सक्दैनौं
श्रमिकका सानासाना सपना मिचेर
तपाईलाई ठुलो सपना देख्न पाउने अधिकार
कसले दियो
विश्वासको श्वास रोकेर
कत्तिसम्म बाच्न सक्छौ हेर्नुछ
अब भन्नुहोस् श्रमको मूल्य कति हुन्छ ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला