मेरा मान्छे छन कि
भनी खोज्छु एकान्तमा
सबैजना टाढा रहेछन्
हराउँछु आफ्नो इतिहासमा
न भेटाउन छू कसैलाई
टाढा टाढा सम्म
न लेख्न सकिन्छ
आज भोलि मनका बेदना
लेखेन भने नजान्ने भन्छन्
अलिबढी लेखें धेरै जान्ने भन्छन्
के गरु खोई के म
मेरो मन जो जल्छन्
कोई भन्छन् मलाई
हली पनि कलम चलाउँछ र?
अनि सोध्छन् मलाई त,
अहिले त मरुभूमिको
मजदुर होइन र?
अनि म निःशब्द!!
छातीबाट निक्लेको ती आगोहरु
मस्तिकमा घुम्दै गरेको त्यो अतीत
कहिले काँही छातीबाट उम्लिदा
आँखाबाट छल्कियको त्यो आशु
आँखी बाउ बाट तल झर्न नपाउँदा
के रहेछ
मेरो जिन्दगी आफैलाई प्रश्न गर्न थाल्छ
न आफनो भए न अरूको जो रहे
भए त केवल एक्लो मात्र भए
को सग हाँस्ने को सग रुने
जिंदगी भर किन पागल परदेशी हुने
किन र कसको लागि यो मन जलाउने
कहिले संम्म यो मुख बन्द गरी राख्ने
मजदुर को पसीना सबलाई मिठो हुने
केही स्थान दिन परें सबलाई लाज लाग्ने
अनि मनमा आउँछ
रमिते रहेछ यो दुनिया
पहिला त गर म साथ दिन्छु भने
अलि कोसिस गर्न लाग्यो भने
रुखमा चाडाई जरा काटी दिन
ए चिना हराएको यो मजदुरको दुनिया
कहिले होला आवाज सुनिने
सात समुद्रपारि को हाम्रो आवाज कस्तो
का का गरी कौवा कराए जस्तो
बुझउँन यताका दुःख पीडा पनि
मजदुर भए पनि छौ मनका धनी
लौ कथा बेथा यस्तै हुन यहाँ
कलमको मसी सकिएला
सकिन्न यहाँ बेथा
अनि
नेपाल बसेर कराउने लाई के थाहा
नेपाल बसेर कराउने लाई के थाहा
यहाँका वास्तविक कथा
जसलाई पर्दछ उसलाई छ यहाँका बेथा
यस्तै हो यो दुनियाँमा
चिना हराएको मजदुरको कथा।
ता न पा ७
लाम डाँडा पाल्पा,हाल यूएई
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला