अनिता भेटवाल

वाम जन्मदा तिम्रा आँखा मेरा मुहारमा थिए कि अन्त ?
आमाम जन्मदा तिम्रा हात पुर्पुरामा थिए कि मेरा शिरमा?
बारम्बार मेरा हुर्कदै नहुर्केका पखेटा काट्न खोजीदा
आफ्ना सँगै संखा लाग्दो र च !

एकपटक मैले, “आमा बार्बी’ गुडिया र म दिदिवहिनी ले ?”भन्दा
किन वेस्मारी झपार्यौँ?
किन कुचाका डाढ देखायौँ ?
आखिर सत्य त त्यही रहेछ नी !

तिमीहरु मेरा अभिभावक
तिम्रा पनि अभिभावक त सरकार’ रे
उसो भए सरकार मेरा बाजेबजु
अनि बाजेबजु मलाई किन पुतली भन्दै छन्?
विना पखेटाका पुतली…….
बार्बी’ गुडियालाई बाकसमा जस्तै
मलाई आँगनभरीको आकाशमा थुन्छन रे त !
त्यसैले वा…….आमा
मलाई अब बार्बीकि वहिनी स्वीकार्न देऊ है ?
बरु भनिदेऊ न,
बार्बी’ जेठी अनि तिमी कान्छी !