रबिना मैनाली

न सिमा देख्छ न दुरी
आएर दिलको ढोका ढकढक्याई दिन्छ
खै कस्तो खुबी छ यो प्रेममा,
सुनसान दिलका गल्लीहरुमा
आदिहुरी ल्याई हलचल मच्चाईदिन्छ।।
दिलका पातहरु लर्फराई दिन्छ
प्रेमका टुसाराहरु पलाई दिन्छ
खै कस्तो खुवी छ यो प्रेममा
बेमौसमी फुल पनि फुलाई दिन्छ।।
नहुदा एक हुँदा अनेक
बातहरुमा अल्झाईदिन्छ
रातहरुमा मिठो निन्द्रा खोसेर
उसैका यादमा बिउँभ्याई दिन्छ
खै कस्तो खुवी छ यो प्रेममा
आफुलाई आफ्नै मनले गिज्याईदिन्छ।।
बेचैन र अनिधो पनि,
उसैको यादले बनाई दिन्छ
अनि मिठो निन्द्रा आउन पनि,
उसैलाई याद गर्नु पर्ने हुन्छ
खै कस्तो खुबी छ यो प्रेममा
एकै पलमा उसैलाई सम्झेर हास्ने र रुने बनाई दिन्छ।।