राजेन्द्र बानियाँ

सडकका नाच घरहरुमा
बिस्तारै हिड्दै थिएँ
गाउँ घर शहर हुँदै रहरहरु
मसान घाटसम्म पुगे
रोकिएनन् रजाइ गर्न शासक
जलिरहेको चितामा पनि
उसले जीवनभर गर्न नसकेको कर्म
एकछिन मै चितामा झण्डा ओडाएर
गर्न सक्यो
शासक बन्न सजिलो थिएन उसलाई
जब कि शासन त लासहरुमाथि
पो गर्नुपर्दो रहेछ
ज्यूँदो छदा एकछाक पुग्छ पुग्दैन
सोधेन साधकले
जब मर्यो उसले हजारौ हजारौ
रुपैयाँ चढायो दानमा
किनकि उसलाई शासक बन्नु छ
मसानमा जल्दै गर्दा भन्छ मलामिले
हरे शिवशिव तैले के गरिस भगवान
जबकि उसले ज्यूँदै मारेको थियोे
जब ऊ जीवन बचाउन चारैधाम धाउथ्यो
कसैले उसको काम,नाम सम्झेन
सम्झ्यो त खालि दाम सम्झ्यो
सडकका नाच घरहरुमा अझै पनि
गुञ्जिरहेको छ एक आवाज
जो बेवारिसे मारिएको थियो ।