मलाई पोल्छु भनेर
हरेक दिन
बिहानीपख डाँडाको टुप्पोबाट
उफ्रिने शुर्यपनि
मलाई पछ्याउँदा पछ्याउँदै थाक्छ
र साँझ परेपछी
हाँम फाल्छ
रातको बिस्तारामा
हुबहु तिमी जस्तै !
फेरि जून आउँछ
त्यही बाटो हुँदै
तिमीलाई प्रेम गर्न
अह! हेर्दैनौ
अलि ठूलो बन्छ
तिमी हेर्दैनौ
झन् ठूलो बन्छ
तिमी हेर्दैनौ
पुर्ण बन्छ
तिमी हेर्दै हेर्दैनौं
र त ! ऊ कुरुप बन्छ,
बिलाउँछ खै कता ओझेल पर्छ
हुबहु म जस्तै !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला