कोरोना कालमा गाउँ गएका कवि सञ्जय सुमनले गाउँका भित्तामा नेपाली कविता कोरेर गाउँ ब्युँझाउने प्रयास गरेका थिए । कोरोनाले निम्त्याएको बन्दाबन्दी अन्त्यपछि जब उनको शिक्षण पेशा पुनः ब्युँतियो, उनी विभिन्न स्कुले विद्यार्थी र शिक्षकहरूलाई ब्युँझाउने प्रयत्नमा छन् ।

यसै क्रममा भित्तामा कविता अभियानको दशौँ श्रृंखलामा बालुवाटारस्थित मातृभूमि शिक्षा सदनका भित्तामा उनले मार्मिक कविताहरू कुँदेका छन् ।

कविता सङ्ग्रह ‘भिरैभिर रङ्गैरङ्ग’का स्रष्टा चन्द्रवीर तुम्बापो पाँचथरका कवि हुन्।


समसामयिक विषयवस्तुमा सुक्ष्म र गहन कविता लेख्न रुचाउने यूवा कवि दीपक ढकाल अछामका हुन।


भारतमा जन्मिएका कमल ढुङ्गाना टीकापुर, कैलालीका कवि हुन्। उनका केही कविताहरू भियतनाम, बंगलादेश, सर्बिया, स्पेन, भारत, इजिप्ट, रोमन, चीन, पाकिस्तान, मेक्सिको, ब्राजिल, प्यालेस्टाइन, इन्डोनेशिया र नेपालबाट प्रकाशित भएका छन्। कविताबाहेक उनी गजल र कथा पनि लेख्छन्।

हाल नयाँ पत्रिकामा कार्यरत राजु स्याङ्तान महोत्तरी, खयरमाराका कवि एवं पत्रकार हुन्।


स्वप्निल स्मृतिको नामबाट साहित्य विधामा पनि विशेषत: कवितामा सक्रिय कर्मशील सनमान चेम्जोङ पाँचथरका कवि हुन्। सामान्य बहुरङ्गवाद अभियन्ता स्मृतिको ‘रङ्गै रङ्गको भीर’ (कविता संग्रह, २०६२) र ‘बाडुली र सुदूर सम्झना’ (कविता संग्रह ,२०६८) प्रकाशित कृति हुन्।


भारतको जवाहरलाल नेहरु विश्वविध्यालयबाट अङ्ग्रेजी साहित्यमा स्‍नातकोत्तर सुशान्त थापा नेपालीका साथ-साथै अङ्ग्रेजी कविताहरू लेख्न मन पराउँछन् । उनको अङ्ग्रेजी कविता संग्रह ”The Poetic Burden and Other Poems ” प्रकाशित छ।


भारत, मणिपुरका देवीप्रसाद थापा ‘मामा’ नेपाली साहित्यको लघुकथा र कविता विधामा रुचि राख्छन्। आमा, बाबा, सासू, माइती र एक थोपा आँसु नेपाली लघुकथा कृति र ‘इचे शर्मिला’ मणिपुरी कविता सङ्ग्रह र नेपाली कविता सङ्ग्रह ‘कौब्रुको काखबाट’ प्रकाशित छन्।