चुट्न सक्छ तर्दातर्दै
झर्नसक्छ अनायास सिङ्गो ज्यान
बेगमय भेलमा
हल्लिन्छ, रिंगटा लाग्छ
जिन्दगी झोलुङ्गे पुल न हो ।
रोमाञ्च र भयको फ्युजन
जन्म र मृत्युको किनार जोडेर
तन्किएको एक लहरो
दुःख र सुखको अर्को लठ्ठो माथी
विश्वास र सन्देहका पाइला
पालोपालो चाल्दै नियतिको
गन्तव्य भेट्नु छ ।
संस्कारका सुरक्षा बार
सहारा बनाउनु छ
निरन्तर यात्राका लागि !
कोहलपुर ४ ,बाँके
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
मंसिर १६, आईतवार १५:१७