साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः आज परीक्षा छ

Chovar Blues Mobile Size

मस्त निद्रामा थिएँ
कोही मेरो शरीर हल्लाउँदै
कानमा ठूलो ठूलो स्वरले
चिच्याउँदै थियो
उठ ए
कति सुतिरहेको
आज परीक्षा छ।

म कति मीठो सपनामा थिएँ
यसै लोकमा भएर पनि
अर्कै लोकमा थिएँ
मेरो निद्रा खलबलिन्छम ती शब्दहरुको सकी नसकी सामना गर्छु
जुरुक्क खाटबाट उठ्छु
हो त नि
आज त परीक्षा छ
मलाई परीक्षा दिनुछ
उत्तीर्ण गर्नु छ,
सपना पूरा गर्नु छ,
त्यसका लागि सपनाबाट बाहिर आउनै पर्छ

आज परीक्षा छ
राम्रो सङ दिएस् है
उठ
तयारी गर,
मेरो आमा फेरि कराउँछिन्
दिक्क लागेर आउँछ,
कहिलेकाहीँ
यो परीक्षा शब्दसँगै
कति दिनु परीक्षा पनि
जन्मेदेखि आजसम्म दिएको दियै छु
खै सफल भएको हो कि
असफल भएको हो
वा केही हुँदै नभएको हो
बुझ्नै सकिनँ

निद्राबाट ब्युँझेर, सपनाबाट हराएर
म पुस्तक पल्टाउँछु
परीक्षाको तयारी गर्छु
के के गर्छु गर्छु।

म सोच्छु,
कहिलेसम्म यो परीक्षा
अन्तिम नतिजा आएर पनि
अन्तिम नतिजा आउँदैन
फेरि अर्को परीक्षा
परीक्षामाथि परीक्षा,
माथि अर्को परीक्षा,
त्यस्को माथि अर्को परीक्षा।
उफ्
कहिले नसकिने भयो
यो परीक्षा दिएर
म सधै परिक्षार्थी
जिन्दगी सधैँ परीक्षा
जन्मेदेखि मृत्युसम्म
त्यसैले लाग्छ
सही भन्नुहुन्छ
मेरो आमा
आज परीक्षा छ
आज परीक्षा छ।

प्रतिक्रिया
Loading...