सहिद ! तिमी अमर छौ, अजर छौ
तिम्रोे सम्झनामा मेरो शिर सधैँ झुकिरहन्छ
प्रातस्मरणीय सहिदहरु
तिमीहरुमा कोटी कोटी नमन
निजी स्वार्थ बिर्सी
ठान्यौं देशको स्वतन्त्रता, स्वाधिनता सर्वोपरि
गर्यो बलिदान अमूल्य जीवन मातृभूमिका
लागि
निःस्वार्थ तिम्रो जीवन यात्रा
हेर त आज देशका शासकहरु
तिम्रा नाममा सत्ता लम्पट भएका
बनिरहेका दानव
तिम्रो आहुतिलाई बिर्सी
तिरस्कार गर्दै तिम्रो त्याग
आफ्नै स्वार्थमा बजाउँदै ताली
कुकृत्यलाई आत्मासात गर्दै
दिउँसोलाई रात पार्दै
भन्दै रातलाई दिन
बन्दै मायवी, तिलस्मी
अत्याचार र अन्यायको पराकष्ठालाई
जब जयकारको हुङ्कार मान्दै
शासकहरु
गरिरहेछन्, तिम्रो शालिकमा माल्यार्पण
गोठीको आँसुझैँ
तिम्रो सपनामा खेलवाड गर्दै
नाङ्गो नित्य देखाउँदै
गरिरहेछन् खेलवाड
गरिरहेछन् खेलवाड
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला