तिमीलाई देखेपछि यो मनको छटपटी थाम्नै सकिनँ
आफ्नो मुटुको चाल बढेपछि हुटहुटी सम्हाल्नै सकिनँ
आज हैन भोलि पोख्छु भन्दाभन्दै बोल्न सकिनँ
तिमीसामु आउँदा मनको भावना पोख्न सकिनँ
माया हो कि व्यथा मुटुमा बल्झिन्छ बुझाउनै सकिनँ
पलपल मेरो छटपटी अल्झिन्छ देखाउनै सकिनँ
तिमीले कार्ड हातमा दिँदा झसंग हुँदै आँसुको भेल लुकाउनै सकिनँ
पढ्दै नपढी त्यो कार्ड च्यातेर फालिदाँदा तिमी मसँग जिस्केको थाहा पाउनै सकिनँ
आखिरमा मायालु नजरको तीर चलाउँदा तिम्रो हात समाउनै सकिनँ
अंगालोमा बाँध्न, हात माग्न सधैँ तिम्रो घर आउँछु भन्नै सकिनँ ।