तिमीले भन्यौ
कमल सिर्फ हिलोमा मात्रै फुल्छ
हिजो मैले
शहरको हिलैहिलो गल्लीमा
एक झुण्ड कोपिलाहरुलाई
फोहोरको थुप्रोमाथि
प्लास्टिकका थैलाहरु बटुलिरहेको देखें
सिसाका बोत्तलहरु टिपिरहेको भेटें
तर अफसोच !
यि कोपिलाहरू कमलका होइनन्
यिनीहरू कमलको फुल बन्न सक्दैनन्
कमल बन्न सक्दैनन्
यिनीहरु त सिर्फ हिलो हुन्
हिलो नै रहिरहन्छन् / हिलो नै भइरहन्छन्
हिलो मै यिनीहरू हुर्किरहेछन्
अनि एकदिन
हिलोमै यिनीहरूको अस्तित्व मेटिनेछ
तिमीले भनेका कमलका फूलहरु त
सुकिला युनिफर्महरुमा ठाँटिएर
आफूभन्दा गह्रुँगो झोला बोकेर
सुविधायुक्त बसमा / गाडीमा
हुँइकिरहेका थिए
कमल बन्ने होडमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला