मान्छे मलाई पागल भन्छन्
घमण्डी, अटेरी र सन्काहा ठान्छन्
तर बिचराहरु आफैँ मरिरहेछन्
समाजरुपी ब्वाँसाले यिनैलाई सिध्याइरहेछन् ।

म जे छु, त्यसैमा रमाइरहेछु
मेरो खुशी खोस्न कसलाई पो दिन्छु ?
समाजको फिक्री किन पो गर्नु ?
जब डराउछौ तब पो एल्ले सिध्याउनु ।

निस्फिक्री भएर डुल्नु , आत्मा चोखो पारी
समाज तिम्रो तलुवामा पर्छ
नगर्नु गल्ती जानी, गर्नु कर्तव्य नझुकी
रिस गर्ने सबको पसिना पो छुट्छ ।

इमान आफ्नो नबेची जित्नु छ संसारलाई
भ्रष्ट सबलाई फ्याकी , सिँगार्नु छ समाजलाई
समाजले त हाम्रो बाटो मात्र छेक्छ
बैगुनीलाई गुनले मार्न हामीलाई नै सुहाउँछ ।

भ्रष्ट सब छन् भन्दैमा भ्रष्ट बन्न सकिन्न
आत्मसम्मान फाली, मरेर बाँच्न मानिन्न
मरिन्छ लड्दै बरु नालीमा  भ्रष्ट्सँग हात मिलाउन्न
त्यागी भ्रष्ट समाज , स्वच्छ बनाउन किन पो सकिन्न ?