जगतकाे कुनै एक बस्तीमा
जुनकीरीकाे एक हुल अँध्याराे छिचोल्दै उड्न थाल्छन्
प्रकाशकाे मन्ददीप छाेड्न थाल्छन्
खुसीको यस अवसरलाई
भ्यागुताहरुले ट्वारट्वार आवाजमा स्वागत गर्न थाल्छन्
झ्याउँकीरीहरुले आफ्नै सुरमा धुन दिन थाल्छन्
गड्याैंलाहरु कम्मर भाँच्दै चल्मलाउन थाल्छन्
भँवराहरु भुँ भुँ गर्दै संगीत थप्न थाल्छन्
पुतलीहरु पखेटाहरु फर्फराएर नाँच्न थाल्छन्
फट्यांग्राहरु पनि उफ्रीउफ्री परेड खेल्न थाल्छन्
एक अन्धकार रातमा
जुनकीरीकाे मन्द उज्यालोमा

याे सुन्दर रमाइलाे संसारमा
मन्द त्याे जुनेली रातमा
भ्याउँकीरीकाे मीठाे लयमा
भ्यागुताहरुकाे वाद्यवादनमा
भमराहरुकाे भुँ भुँ आवाजमा
गँड्याैलाहरु र पुतलीसँगसँगै
मर्कीमर्की नाच्नु पर्ने बेला
उनीहरुकै सुरक्षाको खातिर जुट्नुपर्ने बेला
गाेमन साँपहरु भने
लुकेको दुलाेबाट निस्केर
फरक तालले सल्बलाउन थाल्छन्
जिब्रो लर्बराउन थाल्छन्
विषालु टाउको उठाउन थाल्छन्
र, झम्टन्छन् त्यस रमाइलो संसारमा
आफूलाई बस्तीको असली महाराज ठान्दै
प्राकृतिक जीवन चक्रकाे असली पहेदार ठान्दै
विषकाे थैलीलाई अझ मजबुत बनाउन थाल्छन्
फगत आफ्नै शिकारकाे खातिर
आफ्नाे अहं विस्तारकाे खातिर
एक अँध्याराे रातमा
जुनकीरीकाे मन्द उज्यालाेमा

गाेमन सापकाे त्यस अप्रत्यासित आक्रमणले
त्याे सुन्दर बस्तीमा काेलाहल मच्किन्छ
सन्नाटा र अनिश्चितता फैलिन्छ
भ्यागुताहरु बाजा बजाउन छाड्छन्
पुतलीहरु नाच्न छाड्छन्
जुनकीरीले बलेकाे आफ्नाे दीप लुकाउँछ
आफ्नाे ओठ मुख सुकाउँछ
एक औँसीकाे रातमा
सुरु हुन्छ पुनः निष्पट्ट एक अन्धकारएउटै चाैघेराका ती जीवहरुकाे बस्तीमा
दुर्वलहरुकाे त्याे संसारमा
खुसी उदाउँदा सँगसँगै नाँच्नु पर्ने बेला
सुख र दु:खमा सँगसँगै बाँच्नु पर्ने बेला
अझ निर्धाहरुकाे अभिभावक बनेर खडा हुने बेला

गाेमन साँपहरु भने उनैहरुलाई नै डस्न खाेज्दछन्
बस्तीमा अनाहक काेलाहल मच्चाउन खाेज्दछन्
आफ्नाे शक्तिकाे नाङ्गाे प्रदर्शनकाे बाटाे राेज्दछन्
आफूले स्वयं आफैँलाई नै
यसै बस्तीकाे एक अभिन्न सदस्य हुँ भन्ने बिर्सन्छन्
अनि निकाल्छन् आफ्ना फँडाहरु
अनि झम्टन्छन् त्यस सुन्दर बस्तीमा
एक अन्धकार रातमा
जूनकिरीकाे मन्द उज्यालोमा ।

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला