पुर्खाका सपना रसातल पुगे, सम्झिरहेता पनि
बिर्सेछन् सब वीरता विगतका, राम्रै भए तापनि ।
कुर्सी मोह बढ्यो र शासकहरु, रैती भुले के भनूँ ?
झुट्टा छन् सपना फकाई जनता, देशै डुले के भनूँ ?
दशरथ धर्म भुलेर गर्छ जसले, यो देशमा शासन
हो तिन्कै बलिदान सम्झ पद वा, पायौ र यो आसन
गंगा शुक्र सहिदले यही भने, मार्छस् भने मर्दछौँ
जन्ताले अधिकार पाउँछ भने, ज्यानै पनि हर्दछौँ ।
मर्छु मार बरु मुलुक रहिरहोस्, स्वतन्त्रता जन्मियोस्
नेपालीहरुमा सधैँ सुखी होओस् वा एकता जन्मियोस् ।
गंगा धर्म शहिद शुक्र दशरथ यै देशमा जन्मिए
लोकतान्त्रिक गणतन्त्र ल्याउन भनी कयौँ ढले वीर थे ।
प्रजातन्त्र दिलाउने प्रण गरे आफ्नै चढाई बलि
सच्चा वीर सपुतमा गरिरहूँ भावपूर्ण श्रद्धाञ्जली ।
बुंगल न.पा ११, बझाङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
सुरज पराजुली चैत्र १४, बुधबार १५:५६