वर्षौंअघि दुश्मनले चुँडालिदिएको प्यारको मुना
भर्खर भर्खर फेरि टुसाउँदै थियो
तर अब उसको मन टुसाउन मन गर्दैन
म सर्प होइन
मौसमअनुसार काँचुली फेर्दै हिँड्ने
म छेपारो पनि होइन
जो मौसमअनुसार आफ्नो रङ फेर्दै हिँड्छ
म त प्रेमप्यासी हुँ
जसको कमीले जुनसुकै बेला पनि सास रोकिन सक्छ
मलाई त केवल
तिम्रो त्यो कोमल, निश्चल मन चाहिएको हो
सक्छ्यौ भने पठाइदेऊ साँझबिहान बाडुलीसँगै
होइन भने सधैंका लागि पठाइदेऊ
नचुँडिने बलियो अनि सुन्दर तिम्रो पछ्यौरी
मेटाउनेछु जिन्दगीभर तिम्रा यादहरू
झुण्ड्याइदिनेछु भित्तामा समय झुण्ड्याए जसरी
बेरेर पछ्यौरी यादहरूका घाँटीमा!
सिगास ३, बैतडी