मेरा पैतालाहरु
पृथ्वी चुम्दै चुम्दै हिँडौँ भन्छन्
तर
मेरो पेट जति सक्दो चाँडै
गाडीमा हुइँकी भन्छ
तर
पेट होइन मेरो मस्तिष्क
पो आशक्ति हो कि
चाहिने भन्दा धेरै बटुल्न आतुर म
कहाँसम्म पुगेर
यात्रा टुङ्याउला ?
थाहा छैन!
अनि मैले पढेँ कथा, आवश्यकतामा परेको
६ फिट जमिन
जहाँ मेरो लास अटाउला
त्यतिबेला आउलान् आफन्त नाप्दै
बनेर अमीन
खोई आजकल
कृतिम साधनभन्दा
आफ्नै प्राकृतिक साधन ठीक लाग्दैछ
मेरो अङ्गरक्षक भालु कुकुरको याद आउँदैछ
बिहान बिहान सँगसँगै
ऊ र म विहार गर्दथ्यौँ
एकअर्काको साथी बन्दथ्यौँ
क्षितिज छेउको त्यो दृश्यले
मलाई फेरि त्यही पुग्न बल पुग्दैछ
आ !
अब धित मरुन्जेल हेरिरहुँला
मेरा पैतालाका रहर
मस्तिष्कको कहर
अनि मेरो भालु सँगको शयर
सम्झना गर्दै
हेरेरै बिताउँला एक प्रहर
एक प्रहर !
मेचीनगर ९, झापा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला