नाखुन ती झ्यालहरु
बारम्बार हेरिरहेका छन्
बार्दलीको त्यो घाम अनि त्यो रातलाई
फगतमा मानव के सोच्दै होलान्
केही आफ्नै विरासत बिर्सिएर
अखबार अखबार
शहरको प्रदूषित हावामा
श्वास फेर्दैछन्
केही ल्याङल्याङ गर्दै दौडिरहेका
केही मुखमा ठेस लाग्दा
विश्राम ओकलिरहेका
केही सपनाहरु बुन्दै
त केही सपनाका
झ्याङ्गबाट परस्पर खसिरहेका
ती
झ्यालहरुले नियाली रहेका छन्
वीरताको मुकुट फुस्कनै लाग्दा
झ्यालबाट मनोहर बस् नियाली रहेछ
मुखपत्रबाट केही शब्दरुपि कोडहरु
फुसुरफुसुर नसुन्ने गरी
ती झ्याललाई सुनाउँदैछ
ए पर्ख न म आउँदैछु
उसको त्यो शब्द वर्षौंदेखि
जिब्रोको तलमा बसेको जस्तो
बारम्बार दोहोर्याइरहन्छ
आँगनीलाई
बस् आँखा तेर्साएर बसेको छ
हिजो आखिका रौँ बेचिए
आज मुटु नै
बस् तिमी नियाली राख
फगत दुई शब्द फुक बदलामा
माला लगाई सम्मानित होऊ
अनि झ्याली पिटेर पठाऊ
जग्गु र मग्गुलाई
आखिर आँखिझ्याल न परे !
झिमिक्क झिम्क्याउन
नपाउँदै बिलाएर जाने ।
बुढिगंगा न.पा.-०८
बाजुरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला