दुरुस्तै पत्रकार थिइन्
पल्लाघरकी घौली दिदी
केशरी, सुन्तलीको पेट्मै हुँदा
उनले तीन गाउँमा
पुर्याएकी थिइन् यो खबर्
बिना बाउकी छोरी
जन्मिन लागी बतासपुरमा !
कहाँ छ र को हो ?
बस् यति थाहा थिएन
तर उसका बा जिउँदै थिए
सुन्तलीका सपनामा पनि आइरहन्थे बेलाबेला
सुन्तली, न प्रख्यात थिइन् न त कुख्यातै
तर उनको प्रचार हुन्थ्यो
गाउँ गाउँमा विज्ञापन हुन्थ्यो
भाउ सोधिन्थ्यो
भट्टीमा पस्नेहरूले अनुमान लगाउंँथे
उसको चल्ती मूल्य ?
टेबल टेबलमा हुन्थे
उसलाई पल्टाएर देखाउँछु भन्ने बहादुरहरू
सायद, केशरी मात्रै हुँदी हो
जसका आँखामा परेको थिएन
उसकी आमाको जल्दोबल्दो विज्ञापन
कानले सुनेको थिएन आमाको मूल्य
देखेको थिएन मानवरुपी राक्षसका अनुहारहरू
धौली जागरणको यो विज्ञापन धेरै चल्यो
तर सुन्तली कहिले बिकिनन्
उनलाई किन्न सक्ने औकात पनि त थिएन कसैमा !
उनले पहिरिएको लाजको तक्माले
केशरीको गला थिच्यो
धौली जागरणले पुनः प्रमुख समाचार पायो
‘पेटमा पाप बोकेकी सुन्तलीले आत्महत्या गरिन’ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।