खुसी हुनु वा नहुनु,
दुःखी हुनु वा नहुनु,
धन हुनु वा नहुनु,
आफन्त साथीभाइ हुनु वा नहुनु,
पीडा हुनु वा नहुनु,
केही हुनु वा नहुनु,
कहिलेकाहीँ दिग्भ्रमित हुन्छु,
अन्धकारमा आफ्नै छायाँ हराउँदा,
त्यसैले,
यो बन्द कोठाको सन्नाटाभित्र
म
हुनु र नहुनु बीचको भिन्नतालाई
गुणन, जोड र घटाउबाट
एउटै परिधिभित्र राख्ने कोसिस गर्दैछु।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला