स्कुलमा
आआफ्नो आमाको
तस्बिर बनाउन लगाइयो
बालकले
हलुका मुस्कान, गहिरो सिउँदो
निधार- रातो टीकामा
छपक्क छोपिदियो
र चिटिक्क कोर्यो आमालाई
उसले
सिउँदोमा रातो सिन्दुर
अनि काँधमा रातै पछ्यौरा सजाइदियो
र बिर्सियो
विधवा आमाको शृंगार ।
बडिमालिका, बाजुरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला