एक विशाल सपनाको लक्ष्य लिएर
पिठ्यूँमा गरिबी र सपनाको गह्रौँ भारी बोकी जीवनको लामो यात्रामा निस्किएको
एउटा टुहुरो एकल यात्री
लुटिन्छ घरी घरी यात्राको उकाली उरालीमा
फालिन्छ बगर र भुईंहरुमा
बज्जारिन्छ ढुङ्गाहरुका बीचमा
अनि चकनाचुर हुन्छ सपनाका महलहरु
फेरि उठ्छ हार नमानी
फेरि यात्रा सुरु गर्छ शून्यबाट
फेरि लड्छ फेरि उठछ
भोगिरहन्छ पीडा यात्राभरि
झरिरहन्छ भुईंहरुमा
बज्जारिरहन्छ चट्टानहरुमा
थाहा छैन उसलाई गन्तव्यमा
पुगिन्छ वा पुगिँदैन।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
