मन्दिरको ढुङ्गे मूर्तिबाट कहिलेकाहीँ चियाउदो हो त्यो आत्मा
शहरका गल्ली गल्लीमा रहरको पहाड छोप्न हिनेका थोत्रा मगजहरुलाई
कहिले फाटेको जुत्ता नियाल्दो हो
कहिले पात्लिएको पेट नियाल्दो हो
कहिले फुस्स उडेको अनुहार चियाउँदो हो
कहिले काट्न नभ्याएका दारीका ठुसाहरु नियाल्दो हो
नियाल्नुबाहेक के छ र त्यो आत्माको काम ?
त्यो त पुजेपछि न देउता ठहरिएको हो !
त्यो त पुजेपछि न देउता ठहरिएको हो ।