नम्रता गुरागाईं

आशाहरू अघि लागे, पाइला पछि छोड्दै
उत्साहले शिखर चुमे रहरहरू जोड्दै ।

डढेलोले सिध्याइदियो साह्रा गाउँहरू
दबाइमूलो खोजिराछन् अझै घाउहरू
रोगी मन उठे अब दुःखपछि छोड्दै
उत्साहले शिखर चुमे रहरहरू जोड्दै ।

लाससँग लासै रोयो एक्लै दिन राति
संसार खाने पापी आगो नबलेको जाती
रोगी मन उठे अब पहरालाई फोर्दै
उत्साहले शिखर चुमे रहरहरू जोड्दै ।

नर्थ क्यारोलाइना, अमेरिका