ऊ त्यहाँ हेर्नुस् त महाशय त्यो बत्ती छ नि
कुनै रात त्यस्तै उज्यालो छरिदिने गर्थें
तर आजकल त मलाई सेतो होइन
कालो.. रङ मन पर्न थालेको छ
धेरै पुतलीहरु मकहाँ आउने गर्थे
अनि छिचिमिराहरुलाई मोक्ष पुर्याउँथे
तर आजकल मलाई पुतली होइन
पुतला जलाउन मन पर्न थालेको छ
म गोरो वर्णको छु रे कसैले भनेको
त्यसैले मलाई कालो मन पर्छ क्या हो
त्यो निख्खर से..तो वर्णको बत्तीलाई सोध्नुस्
उसलाई पनि आजकाल कालै मन पर्न थालेको छ
हिजो त ऊ सधैँ मसँगै साथै रहन्थ्यो
तर आजकाल किन रिसाएछ क्यारे
सायद हिजो ऊ थ्यो र बिर्सेको थिएँ
आज ऊ छैन र मन नपर्न थालेको छ
क्षेत्रफल बढेर के भयो र हेर साथी
मैले मेरो सामर्थ्य बताउन जानेको छ
चारै कुना चारै भित्ताभरि छरिदिन्थेँ उज्यालो
तर आज जुनकीरीको मलद्वार जति मात्र
मन पर्न थालेको छ
म मात्रै फैलिन चाहेर हुन्छ कतै ?
उसको अनुमति बिना प्रवेश निषेध
हिजो पो बेगारीझैँ सम्पर्क हुने ऊ
तर आज माफ गर्नुहोला
तपाईंले सम्पर्क गर्न खोजेको बत्ती
बल्नै नसक्ने गरी निभ्न थालेको छ
विराटनगर ५, मोरङ
हाल: ताप्लेजुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।