राम योञ्जन

खै कुन्नी कहाँदेखि
जब जुम्राहरू टोपीसम्म यात्रा गर्छन्
तब
लोकसेवा जितनेलाई
थाङ्ने सम्झन्छन्
उज्यालो माग्नेलाई
पाखे भन्छन्
सुशासन चाहनेलाई
मोतिबिन्दु देख्छन्
टुरिस्ट जुम्राहरू ।