सूर्यझैँ हर रातमा सधैँ चन्द्र चम्किने भए
चुहुँदा झरी छेक्ने वृक्षमा छानो हुने भए
प्वाँख फिँजाई गुणमा बस्ने थिएन होला
चट्टानझैँ असिना सन्ततिमा नबज्रने भए

मेरा भकारीझैँ अन्नका ठूला रास हुने भए
धानका बालासरि वृक्षमा फल झुल्ने भए
चारो खोज्दै गुण छोडी जाने थिएन होला
भोकाइ बचेरा छट्पटाई नचिर्बिराउने भए

मेरा घरकाझैँ छाना तिनका पनि हुने भए
न्यानो बिस्तारामा उफ्रँदै खेल्न पाउने भए
फर्की साँझ गुण तिनी आउने थिएन होला
सन्तान मेरा हुन् यिनी भन्ने चेत नहुने भए