गठबन्धन
अवैध समागम
गर्भपतन ।
°°
उन्मुक्त बैँस
उम्लिएर पोखियो
पाखो बारीमा ।
°°
बादल फाट्यो
चिसो आकाश माथि
घाम झुल्किँदै ।
°°
छिद्र परेको
पानी चुहिने धारा
गाग्रो रित्तै भो ।
°°
भालुको नाच
हाँडि गाउँको जात्रा
रमिता लाग्यो ।
°°
घर सल्काई
छिमेकीलाई न्यानो
मनको राप ।
°°
भेडाको मूल्य
लिलाम बढाबढ
कौडीको भाउ ।
°°
राजनीतिज्ञ
संस्कार विहीन
नैतिक हीन ।
°°°
मसान घाट
अवसानको घर
सर्वसुलभ ।
°°°
क्यालेन्डरमा
देखियो कालो वर्ष
इतिहासको ।
हेटौँडा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
