विनोद नेपाल

कति थाम्नु,
कति काँध हाल्नु,
गन्हाएको सिनोलाई ?

कति हेर्नु
कालो पोतिएको
कुरुप अनुहार ?

खेर गएको छ
सपुतहरुको बलिदान,
अनि,
हेर्दाहेर्दै
‘कान्छा बाउको अनुहार’ भएको छ
दिनभरको शिकार ।

लाग्छ,
साँच्चिकै श्रापित रहेछौं हामी
यसैले त,
भोको पेट
बाध्य छौं हेर्न
कहिल्यै नअघाउनेहरुको
सत्ताको महाभारत ।