उषाकिरण आजाद

के तँलाई थाहा छ ?
थाहा छ भने त ठिकै भयो
म जान्ने पल्टिएर बोल्दिनँ
तर थाहा छैन भने कान खोलेर सुन
हत्या दुई प्रकारको हुन्छ
हत्याको पहिलो प्रकार –
कानुनी हत्या वा वैधानिक हत्या
यो प्लटरमा आउँछ
जिन रोस्टेड हुन्छ

हत्या को दोस्रो प्रकार –
गैर कानुनी हत्या वा अवैधानिक हत्या
यो सिल्भर फाइलमा प्याक हुन्छ
पढेलेखेको, जान्नेसुन्ने पनि तैं
विद्यालय, विश्वविद्यालयको विद्यार्थी पनि तैं
खेतको किसान पनि तैं, स्कुलको मास्टर पनि तैं
पैसा नपाउने पनि तैं, दमित हुने पनि तैं
अब तँ आफैँ बुझ्
तेरो हत्या चाहिँ कुन प्रकारको हो ?