मिठो बोल्दा झर्कने पनि छन्
नजिक आउन नसकी तर्कने पनि छन्
कस्तो निर्दयी समाजमा बस्छु म
पानी माग्दा मट्टितेल छर्कने पनि छन्
थाहै नपाई आँखाबाट आँसु झर्छन्
अरुलाई रुवाएर कोही दङ्ग पर्छन्
झूटो दिलाशा दिनेहरु धेरै छन् यहाँ
त्यसैले सपना यहाँ पूरा नहुँदै मर्छन्
मैले तिम्रो आँखामा आकाशगंगा देख्दा
तिमीले मेरो आँखामा तारा देखिनौ
जाल झेल गर्ने तिम्रो बानी रहेछ
त्यसैले साँचो प्रेमको कहानी लेखिनौ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला