चम्किलो सूर्यले
घुमाउँछ पृथ्वीलाई आफ्नो कक्षमा
पृथ्वी कहाँ कमजोर छ र !
घुमाउँछ चन्द्रमालाई आफ्नो अक्षमा
ब्रह्माण्ड कहाँ अनन्त छ र !
घुम्दछ मानव मष्तिस्कमा
समय स्वयं कहाँ बलवान् छ र !
घुम्दछ घडिको व्यासमा
रंगीन त केवल इन्द्रेणी छ
जो सीमित छ आफ्नो अर्धव्यासमा ।

चरिकोट, दोलखा
हाल- पोखरा
अध्यक्ष, पोखरा विश्वविद्यालय साहित्य समाज