यो संसार
बन्द तालजस्तो छ- शान्त !
आफ्नै “धर्म”को सीमामा बसेको
यस्तो लाग्छ- फुल्नु-फक्रनु पर्ने बिज
अन्धकारमा छ कतै मरुभूमिमा खसेको!
धन्न,
जन्मिन्छन् हरेक युगमा केही ” पागलहरू”
र,
हान्छन् ढुङ्गा तिनले जमेको वासी पानीमा
अनि
घोल्छन् नयाँ- नयाँ रङ्ग धर्म-आँखाको नानीमा
तर,
रगत नै पिइदिन्छ,
प्राण नै लिइदिन्छ मान्छेको भीडले
ढुङ्गा हान्ने र नयाँ रङ्ग घोल्ने ती ” पागल” को
र, शान्त पार्न खोज्छ तरंगका लहरहरूलाई
मेट्न खोज्छ जीवनका नयाँ- नयाँ रङहरूलाई
र पनि
छाडेका छैनन् जन्मिन ” पागल” हरू
छाडेका छैनन तिनले ढुङ्गा हान्न र घोल्न नयाँ रङहरू
त्यसैले त बेलाबेलामा
यो बन्द तालमा उठ्छन् अनेक तरंगहरू
देखिन्छन् इन्द्रेणीका अनेक रङ्गहरू
र, फैलिन्छन् बिस्तारै तालको चारैतिर
हिलोमा पनि कमल फुलाएर!
धन्न
केही “पागल” छन् यो पृथ्वीमा
र त पृथ्वी घुमिरहेछ!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
भाद्र २४, बिहीबार १३:०१