
बद्रीप्रसाद सिवाकोटी
छोरी कसैकी बुहारी घरकी
आमा बनेपछि पतिकै थरकी
बैंशमा फुल्ने फूलझैं मधु कि
सुन्दर बेहुली पराही वधुसि
छोरी बुहारी भूमिका आमाको
सुन्दर देखिने पहिरन जामाको
बाबु, पति, छोराको खटनमा
कसले रचायो सृष्टि यो बटनमा
न रुप एउटै न त माइती घर छ
नारीको जीवन थर पर सर्छ
सृष्टि उनकै जगतै कसिलो
घरकी लक्ष्मी घर नै रसिलो
वनकी चमेली घरमा फुलेकी
मातृ धराकी शोभाले झुलेकी
माया र ममता दयाकी खानी हुन्
मन मनमा डुल्ने मनकी रानी हुन्
पवित्र नदीकी दायाँ किनारी
वात्सल्य कोखकी जननी हुन् नारी
गोदावरी-१ ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 





