मान्छे मान्छे बीचको बातचित हराउॅंदैछ
प्रतिस्पर्धा निम्ति आत्मीय प्रीत हराउॅंदैछ
जब लत्रन्छ विवेक पैसासामु निर्लज्ज
न्याय र समताको असल मित हराउॅंदैछ
जब बेच्न थाल्यो बजारले हाँसोको टिप्स
हृदयको यो स्वतस्फूर्त खितखित हराउॅंदैछ
भाषा मात्र हैन, सिक्दैछौँ बाँच्ने शैली उतैको
यस्तै नक्कलले हाम्रो आफ्नै रीत हराउॅंदैछ
जे जस्तो गरेरै भए पनि भाइरल बन्न खोज्दा
हरे ! के हो अनुचित ? के हो उचित ? हराउॅंदैछ ।
घोराही, दाङ
हाल: टेक्सस, अमेरिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला