दुधे बालकले एक जोड एक जानिसक्यो
दुई गुना घोकिसक्यो
उस्तै परे ऊ आमाको दूध नचुसेर
व्यापार धन्दा गर्न आफूलाई सक्षम ठानिसक्यो
ऊ पैसा बेचेर रुपैयाँ
र
रुपैयाँ बेचेर डलर कमाउने धुनमा छ।
तर तिमी सदियौँदेखिन्
हिसाब गरीगरी मान्छेको आयु जोख्ने गर्थ्यौ
जीवन के हो, उमेर के हो ?
अझै तिमीले बुझ्न किन सकेनौ ?
हैन, तिमीले सृष्टिकर्तालाई सोध्नै भुल्यौ कि के हो ?
जन्मनेहरु किन जन्मिन्छन् भनेर
हिसाबै नगरी किन तिमी अन्धो भयौ ?
यति क्रूर बन्न तिमीजस्ता महानलाई सुहाउँदैन
कि त तिमी भुलक्ड भयौ
कि त तिमीले पाठशाला जानेकै छैनौ
लानु पर्नेलाई तिमीले लानै छोड्यौ
जो लानै नपर्ने उसैलाई रोज्दैछौ
त्यसैले यमराज
दुधे बालकसँग तिमीले सिक्ने गर
एक र दुई जोड कति हो भनेर
गणित पढ, यमराज गणित पढ।
यो एक्काइसौं शताब्दी हो, हेक्का राख
विचारै गरेर मात्रै अगाडि बढ
ख्याल राखेस्
आन्दोलन फेरि चर्किन सक्छ
तिम्रै आयु पनि अब सक्किन सक्छ ।
नर्थ क्यारोलाइना,
अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।