मानवताले सिकाउँछ हामीलाई
नारी जातिको सम्मान गरौँ
नारी सृष्टिको जननी हुन्
अपमान यिनको नगरौँ।
जन्म दिएर हामीलाई नरीले
आफ्नो कर्तव्य निभाउँछिन्
रुप चेलीको लिएर यिनैले
माइती हामीलाई बनाउँछिन्।
बनेर पत्नी घरमा आई
घरलाई यिनले स्वर्ग बनाउँछिन्
लिएर छोरीको रुप यिनैले
निदाएको भाग्य जगाउँछिन्।
प्रत्येक धर्मले सिकाउँछ
मानवता हामीलाई बन्न
मनवताले नै सिकाउँछ
नारी जातिको आदर गर्न।
जबसम्म पर्दामा रहन्छिन् नारी
तबसम्म यिनी अबला हुन्
न सम्झनु अबला यिनलाई
यिनी नै झाँसीकी रानी हुन्।
ब्रह्मा विष्णु शिव-शंकरले
नारीलाई सम्मान गरे
तर मानव जातिले किन होला
नारी जातिको अपमान गरे।
युग परिवर्तन भएको छ
हरेक विभागमा नारी छन्
पुरुषसँगै हातेमालो गरी
नारी अघि बढ्दै छन्।
स्कुटीदेखि लिएर हवाईजहाज
यिनैले उडाउँदै छन्
खेलको मैदानमा पौरख देखाई
देशको मान बढाउँदै छन्।
गरौँ सम्मान नारीको
अपमान यिनलाई नगरौँ
मानवताले सिकाउँछ हामीलाई
नारी जातिको सम्मान गरौँ।
नई दिल्ली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।