आँखाबाट हाम्फाल्नै लागेका
आँशुहरूलाई प्रेमपत्र लेख्दै
आमाले रिसाइरहेको चुलोतिर हेरिन् –
त्यो इशारा थियो मलाई
छोरा, जा दाउरा लिएर आइजा !
म सरासर वनतिर हिँडे
हिजो जस्तैगरि काँधमा बन्चरो भिरे !
हिँडिरहे, हिँडिरहे
अहँ ! भेटिन,
हरिया दुबोहरूमाथि छायाँको जलप
पातहरूको बोल्ने ओछ्यान
र चराहरूको कोरस नसुनेपछि
मैले आफैँलाई प्रश्न गरेँ–
के मैले आज बाटो बिर्सिएँको हुँ ?
ध.उप-मपा-१३, राजपुर, कैलाली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला