बिहान सबेरै उठेर नुहाउने मेरी प्रियाको मिठो बानी
मलाई भने बिउँझनलाई चाहिने उनको केशको पानी
उनी उठ्छिन् घामअघि चराहरुको चिरबिर पहिले
मेरो निद्रा झनै गहिरो उनका चुरा पाउजू बज्दा नि
उनलाई हतार सुनाउन के के देखिन् राति सपनीमा
मेरो निद्रा अझै खुल्दैन बिस्तारामै चिया आउँदा नि
भिजेको केश सँगै उनी आउँछिन् मेरो बिस्तारामा
अनि झार्छिन् केशको पानी यी आँखामा जानी जानी
दाङ, हालः न्युजिल्यान्ड
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला