कथैकथा त रहेछ यो जिन्दगी, आज अर्को थपियो त के भो ?
‘एउटै देव मान्नू’ भन्ने कहाँ छ, आज अर्को जपियो त के भो ?
आफ्नो बाटो खोला आफैँ, बनाएर बग्छ
बाटोबीच आउने बाधा, बगाएर लग्छ
सागर भेट्ने आफ्नो लक्ष्य पूरा गर्नलाई
छातीभित्र पीर लुकाई, सुसाउँदै जाग्छ
व्यथैव्यथा त रहेछ यो जिन्दगी, आज अर्को थपियो त के भो ?
‘एउटै देव मान्नू’ भन्ने कहाँ छ, आज अर्को जपियो त के भो ?
बादल पनि गर्जेपछि मात्र सुन्छ कोही
मनको पीर वर्षेपछि मात्र धुन्छ उही
जिन्दगीको एउटा नाउ दूलो परेपछि
तैरिनलाई अर्को नाउ मात्र बुन्छ कोही
आँशुआँशुको त्यो सागरबाट, एउटा मोति टिपियो त के भो ?
‘एउटै देव मान्नू’ भन्ने कहाँ छ, आज अर्को जपियो त के भो ?
इलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला