निर्दोष जीवन

कसम तिमीलाई नै सम्झिन्छु
हरपल तिमीलाई नै कल्पिन्छु
चुपचाप तिमीलाई मन पराएँ
मत तिम्रै कल्पनामा हराएँ
माया…तिम्लाई मेरो लाउँछ लाउँदैन ?
सम्झना…तिम्लाई मेरो आउँछ आउँदैन ?

एकोहोरो भएको छु सधैं टोलाउँछु
सपनीमा पनि सधैं तिम्लाई बोलाउँछु
मलाई जस्तै तिम्लाई पनि हुन्छ हुँदैन
दिनमा भोक रातमा निद लाउँछ लाउँदैन ?
माय…तिम्लाई मेरो लाउँछ लाउँदैन ?
सम्झना…तिम्लाई मेरो आउँछ आउँदैन

परेलीमा लुकाउँछु मुटुमै सजाउँछु
तिमीलाई मेरो मनकी रानी बनाउँछु
जिन्दगी यो तिम्रै नाउँमा समर्पण गरेँ
माया गर, या नगर तिम्रै भर परेँ
माया… तिम्लाई मेरो लाउँछ लाउँदैन ?
सम्झना… तिम्लाई मेरो आउँछ आउँदैन?