निको हुँदैन मनको घाउ सारै डर लाग्छ
मलाई प्रेमिल नबनाऊ सारै डर लाग्छ

ती कुरुप नजरहरू यो प्रेम हेर्न सक्तैनन्
यार मेरो जिन्दगी बचाऊ सारै डर लाग्छ

मजस्ता प्रेमीहरूको दैलोमा तस्वीर देख्नेछौ
एकचोटि रुकुमतिर जाऊ सारै डर लाग्छ

तिमी सगरको म बगरको केही मिल्दैन,
बिन्ती यसरी नमुस्कुराऊ सारै डर लाग्छ

न्याय पनि बजारमा अहिले खुबै महँगो छ,
गरिब छन् मेरा आमाबाउ सारै डर लाग्छ