तिम्रो र मेरो
ईच्छा पत्रमा
तिमीलाई नै साँची राखेर
जिन्दगी बन्धक राखेकोछु !
गुराँश टिप्ने वहानामा
हिउँ फूल्ने पाखाभरी
कुदेकोछु- दौडेकोछु
एकसुरमा…. सिसिफसजस्तो
तिमी, उता पारि छौ
पलपल मायावी, रकेट्मा आउँछौ
मिमिकमेनजस्तै
म
कल्पनाको विमानमा उड्न थाल्छु
दिशाहीन-
धागो चुँडिएको चङ्गाजस्तो
लाग्छ, लट्टाई तिम्रै हातमा छ
त्यसैले,
तिम्रै रनवेमा
सेफ ल्याण्ड हुने इच्छा पनि
बेमौसमी भेलजस्तै उर्लिएकोछ
खै ! ककपिटमा तिमी छौ
जापान
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला